Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिनसँग चौधरी ग्रुपको सम्झौता, रोजगारी र पर्यटन क्षेत्रमा योगदान पुग्ने

म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज–कार्लटन र वेस्टिनसँग चौधरी ग्रुपको सम्झौता, रोजगारी र पर्यटन क्षेत्रमा योगदान पुग्ने
विज्ञापन
Advertisement

काठमाडौं । विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल इन्क र चौधरी ग्रुपको हस्पिटलिटि विङ सीजी हस्पिटलिटि ग्लोबलबीच काठमाडौंमा दुईवटा बहुप्रतीक्षित अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच म्यारियटको विश्वप्रसिद्ध लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन काठमाडौं’ र प्रिमियम ब्रान्ड ‘द वेस्टिन काठमाडौं’ सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै होटलहरू सन् २०३१ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ, जसले म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा कोठा थप्नेछ।

यो परियोजना नेपालका अग्रणी व्यावसायिक घरानाहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुन लागेको हो।नेपालको हस्पिटालिटि र पर्यटन क्षेत्रमा यसले ठूलो र ऐतिहासिक फड्को मार्ने जनाइएको छ।

ठमेलमा विश्वस्तरीय लक्जरी, द रिट्ज–कार्लटन

सम्झौता अनुसार, नेपालमा पहिलो पटक भित्रिन लागेको ‘द रिट्ज–कार्लटन’ ले राजधानीको मुख्य पर्यटकीय हब ठमेलमा आफ्नो सेवा सुरु गर्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५ किलोमिटरको दूरीमा रहने यस होटलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक कोठाहरू रहनेछन्।

यसमा पाँचवटा फरक–फरक रेस्टुरेन्ट तथा बार निर्माण गरिने उल्लेख छ । आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर र प्रख्यात ‘द रिट्ज–कार्लटन सपा’, ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक हल सहित निर्माण गरिने उक्त होटलबाट नारायणहिटी दरबार, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरको दृश्यावलोकन गर्न सकिने बताइएको छ।

यसैगरी, स्वास्थ्य र सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिएर द वेस्टिन काठमाडौं निर्माण गरिने उल्लेख छ। विमानस्थलबाट करिब ७ किलोमिटरको दूरीमा स्थापना हुने ‘द वेस्टिन काठमाडौ’ मा पनि १५० वटा प्रिमियम कोठा तथा सुइटहरू रहनेछन्। विशेषगरी यात्राको थकान मेट्न र पाहुनाहरूको स्वास्थ्य (वेलनेस) लाई ध्यानमा राख्दै यो होटल डिजाइन गरिने कम्पनीले जनाएको छ।

तीनवटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, र रूफटप स्विमिङ पुल, वेस्टिन ब्रान्डको बहुचर्चित ‘हेभेन्ली सपा बाई वेस्टिन’ सहित निर्माण गरिने उक्त होटलमा नेचुरल लाइट र स्मार्ट प्रविधियुक्त ७०० वर्गमिटरभन्दा बढीको बैंक्वेट सुविधा उपलब्ध गराइने जनाइएको छ।

नेपालको पर्यटन र आर्थिक विकासमा कोसेढुङ्गा

सम्झौतापछि म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीन बाहेक) का अध्यक्ष राजीव मेननले उक्त सम्झौताले स्थानीय रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । मेननले भने, ‘चौधरी ग्रुपसँगको यो सहकार्यले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। चौधरी ग्रुपको बलियो बजार अनुभवले यी होटलहरूलाई क्षेत्रकै विशिष्ट हस्पिटलिटि गन्तव्य बनाउनेमा हामी विश्वस्त छौं।’

त्यस्तै, सीजी हस्पिटलिटि ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक राहुल चौधरीले यो सहकार्य नेपालको हस्पिटलिटि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने यात्राको नयाँ अध्याय भएको बताए। ‘हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने र पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्‍याउन प्रतिबद्ध छौं’, चौधरीले भने ।

म्यारियट र सीजी हस्पिटलिटिबीचको यो सहकार्य पहिलो भने होइन। दुई वर्षभन्दा कम अवधिमा यी दुई कम्पनीले भारतमा ‘सिरिज बाइ म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता गरिसकेका छन्, जसमध्ये ५० वटा होटल सञ्चालनमा आइसकेका छन्। यसबाहेक फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ र दुबईमा ‘जेडब्लु म्यारियट ब्रान्डैड रेसिडेन्स’ जस्ता विश्वस्तरीय परियोजनाहरूमा पनि उनीहरूको सहकार्य रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit