Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन हुनैपर्छ : महालेखापरीक्षक राया

बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन हुनैपर्छ : महालेखापरीक्षक राया
विज्ञापन
Advertisement

काठमाडौं ।   महालेखा परीक्षक तोयम रायाले घुस खाने कुरामा महालेखापरीक्षकको कुनै हिस्सा नभएको दाबी गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘घुस खुवाएको कुरा आएको छ। यस्तो मान्छेहरूको नाम सबैले उजागर गर्नुपर्यो। म पनि उजागर गर्छु । महालेखापरीक्षक घुसमा कुनै हिस्सा हुँदैन। हुने छैन। त्यस्तो भएको कतै पाइएछ भने त्यसलाई छोडिने छैन।’ यस्तै, महालेखापरीक्षकको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महालेखापरीक्षक रायाले वार्षिक प्रतिवेदनमा औँल्याइएका सुझाव कार्यान्वयन गर्न सबै पक्ष सजग हुनुपर्ने जोड दिए ।

उनले महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा दिइएका सुझावको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । महालेखापरीक्षक रायाले भने, “लेखापरीक्षण सशक्त हुनैपर्छ, कानुनअनुसार चल्नैपर्छ, कार्यालयले दिएको सुझाव कार्यान्वयन हुनैपर्छ ।” उनले पछिल्लो ६ वर्षको तथ्याङ्क हेर्दा स्थानीय तहमा बेरुजु घट्दो क्रममा रहेको बताए । “तर प्रतिशतमा हेर्दा सङ्घको तुलनामा बेरुजु बढेको छ ।”

सुरुका वर्षहरुमा ऐन, कार्यविधि, कार्यालय नभएको तथा नयाँ लेखापरीक्षकलाई आर्थिक विषयमा पर्याप्त ज्ञान नहुँदा बेरुजु बढी देखिएको जानकारी दिँदै महालेखापरीक्षक रायाले थपे, “ती संस्थाहरु पनि नयाँ थिए, विस्तारै बेरुजु घट्दै छ । सुरुआती वर्षमा बेरुजुको अनुपात बढी देखिएको हो, तर स्थानीय तहमा बेरुजु बढेको चाँही होइन ।”

नेपालको संविधान र लेखापरीक्षण ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालय तथा पूर्णस्वामित्व भएको सङ्गठित संस्थाको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा महालेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण हुने व्यवस्था छ ।

गत वर्ष महालेखापरीक्षकको कार्यालयले सङ्घीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको थियो । महालेखाले सरकारी निकायको लेखापरीक्षणबाट ९५ अर्ब ६० करोड बेरुजु औँल्याएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit