Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तीन सामाजिक सञ्जाल सूचीकरण, अरूले सूचीकरण गर्न अटेरी गरे कानुनी दायरामा ल्याइने

तीन सामाजिक सञ्जाल सूचीकरण, अरूले सूचीकरण गर्न अटेरी गरे कानुनी दायरामा ल्याइने
विज्ञापन
Advertisement

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्मलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक सूचीकृत भइसकेका छन् ।

मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए । ‘हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकरण गर्न आग्रह गरेका छौ’ उनले भने, ‘फेरि अर्कोपटक आह्वान गर्छौँ, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit