बैङ्कक। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा आज भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि दुई छिमेकी समकक्षीबिच भेटवार्ता भएको हो ।
यसअघि दुई प्रधानमन्त्री बिहीबार साँझ बैंककमै बिम्सटेक आयोजक राष्ट्र थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगै देखिएका थिए । ओली र मोदीबीच यसअघि अमेरिकाको न्युयोर्कमा राष्ट्रसंघ महासभा क्रममा साइडलाइन भेट भएको थियो । उनीहरुबीच दुईपक्षीय महत्वका थुप्रै विषयमा संवाद चले पनि योजनाबद्ध छुट्टै वार्ता भएको छैन ।

विशेषगरी प्रधानमन्त्री ओलीसँग भारतीय पक्ष असन्तुष्ट रहेको चर्चा हुने गर्छ । प्रधानमन्त्री भइसकेपछि ओलीलाई भारतले हालसम्म समेत औपचारिक निमन्त्रणा दिएको छैन । भारतीय पक्षले औपचारिक रुपमा निमन्त्रणा नदिएपति छिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले चीनको भ्रमण गरेका थिए ।
आजको वार्तामा दुवै पक्षका परराष्ट्रमन्त्रीद्वय आरजु राणा तथा एस जयशंकरसहितको टोली सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्