Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई औपचारिक जानकारी छैन : प्रवक्ता गुरुङ

शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई औपचारिक जानकारी छैन : प्रवक्ता गुरुङ
विज्ञापन
Advertisement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले पत्रकारको जिज्ञासाप्रति शिक्षामन्त्रीको राजीनामा सम्बन्धी जानकारी सरकारसँग नरहेको अनविज्ञता प्रकट गरेका छन् ।

‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन।’ तर त्यो औपचारिक रूपमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छैन,’ प्रवक्ता गुरुङले भने, ‘उहाँ बिरामी भएपछि क्वाटरमा बस्न छाड्नुभएको होला, तर यसलाई राजीनामाका रूपमा बुझ्न मिल्दैन ।’

यस्तै उनले प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुने उल्लेख गर्दै मन्त्री भट्टराईले राजीनामा नदिएकोतर्फ जोड दिए । उनले भने, ‘प्रधानमन्त्रीलाई राजिनामा बुझाएको भए क्याबिनेटको मिटिङमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म उहाँले राजीनामा दिएको जानकारी छैन ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit