Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर्जा प्रवाहमा उल्लेखनिय वृद्धि

कर्जा प्रवाहमा उल्लेखनिय वृद्धि
विज्ञापन
Advertisement

 

विज्ञापन
Advertisement
Advertisement

माघ महिनामा कर्जा प्रवाहमा उल्लेख्य रुपमा बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेका सात महिनाको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा माघ महिनामा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ९.५६ प्रतिशत ले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १ खर्ब ९७ अर्ब २१ करोड अर्थात् ९.४१ प्रतिशत रहेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ। माघ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्ता कर्जाको अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो।

विभिन्न वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा वृद्धि भएको छ । जसमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.९ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ३.१ प्रतिशतले बढेको छ । वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ । जसमा कृषि तथा गैर–कृषिजन्य वस्तु सुरक्षणमा १४.४ प्रतिशत, घरजग्गा धितो सुरक्षण – ६५.१ प्रतिशत र रहेको प्रवाह भएको छ । गत वर्ष यी अनुपात ११.६ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit