Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको आयात धान्न पुग्ने

विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको आयात धान्न पुग्ने
विज्ञापन
Advertisement

काठमाडौं ।  देशमा विदेशी मुद्रा सञ्चिति दर बढ्ने क्रमले निरन्तरता पाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ । सञ्चित भएको यो विदेशी मुद्रा हालसम्मकै उच्च हो । सात महिनामा विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अमेरिकी डलरमा सोही अवधिमा मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिबाट १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

यस्तै, माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४१.५ प्रतिशत, १२०.३ प्रतिशत र ३२.५ प्रतिशत रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit