images images images
images images images
images
images
images

स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क बोहराको २५ बुँदे घोषणा पत्र, आरआर क्याम्पसमा सुधार र विकासको प्रतिबद्धता

images

काठमाडौं। रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क बहादुर बोहराले आफ्नो २५ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन्। हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छु भन्ने नाराका साथ उम्मेदवारी दर्ता गर्दै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि योजनाहरू अघि सारेका छन्।

बोहराले आरआर क्याम्पसलाई उत्कृष्ट सरकारी क्याम्पसका रूपमा स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले दलीयकरणको अन्त्य गर्दै योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाई विपन्न विद्यार्थी अक्षय कोष खडा गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र स्थापना गर्ने र डिजिटल पुस्तकालय र सुलभ इन्टरनेट सेवाको व्यवस्था गर्ने जस्ता योजनाहरू प्रस्तुत गरेका छन्।

images
images

उनको घोषणामा क्याम्पसभित्र अनुशासन कायम गर्न, खेलकुद मैदान निर्माण, अपांगमैत्री भौतिक संरचना विकास, स्मार्ट कक्षाकोठाको निर्माण र म्युजिक कार्यक्रमलाई व्यवस्थित बनाउने प्रस्ताव पनि छन्। साथै, सूचना प्रविधिसँग सम्बन्धित तालिम र कार्यशालाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने योजना छ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ, र बोहरा विद्यार्थीहरूको भलाईका लागि पारदर्शी, अनुशासित र जिम्मेवार स्ववियु आवश्यक रहेको बताउँदै सम्पूर्ण विद्यार्थीलाई समर्थन गर्न आग्रह गरेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्