Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

उद्योग वाणिज्य महासंघ चुनाव : ८७ पदका लागि १३५ उम्मेदवारबीच हुँदै छ कडा प्रतिस्पर्धा

उद्योग वाणिज्य महासंघ चुनाव : ८७ पदका लागि १३५ उम्मेदवारबीच हुँदै छ कडा प्रतिस्पर्धा
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभापछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अध्यक्ष पद यसपटक स्वतः उत्तराधिकार प्रणालीबाट तय हुने भएकाले महासंघको ध्यान उपाध्यक्ष र कार्यकारिणी सदस्यहरूको प्रतिस्पर्धामा केन्द्रित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरको ग्वार्खोस्थित रोयल टुलिप होटलमा साधारणसभा सम्पन्न भएपछि आज ८ बजेदेखि काठमाडौंको कमलादीमा मतदान प्रक्रिया सुरु हुने कार्यक्रम तय गरिएको छ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले यसपटक अध्यक्ष पदमा प्रत्यक्ष प्रतिस्पर्धा छैन। तर, यही चुनावले आगामी नेतृत्वको आधार तय गर्ने भएकाले उपाध्यक्ष पदका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।
८७ पदका लागि १३५ उम्मेदवार
महासंघको निर्वाचन समितिका अनुसार यसपटक कुल ८७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएका छन्। यसले महासंघभित्रको प्रतिस्पर्धात्मक राजनीतिक र व्यावसायिक सक्रियता झल्काउँछ।

यसपटकको निर्वाचन प्रत्यक्ष रूपमा अध्यक्ष चयनसँग जोडिएको नभए पनि भावी नेतृत्वको आधार तय गर्ने भएकाले निकै महत्वपूर्ण मानिएको छ। तीन वर्षपछि हुने आगामी निर्वाचनमा भने अध्यक्षसहित सबै पदमा प्रत्यक्ष प्रतिस्पर्धा हुने भएकाले अहिलेको परिणामलाई त्यसको ‘सेमीफाइनल’ का रूपमा पनि हेरिएको छ।

जिल्ला–नगर समूहमा कडा प्रतिस्पर्धा

जिल्ला तथा नगर उद्योग वाणिज्य समूहअन्तर्गत २ उपाध्यक्ष पदका लागि ४ जनाबीच प्रतिस्पर्धा हुँदैछ। उमेश डालमिया, कल्पना गैरे, कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ यस दौडमा छन्। यसै समूहअन्तर्गत १५ कार्यकारिणी सदस्य पदका लागि २२ जनाले उम्मेदवारी दिएका छन् भने महिला सदस्यका लागि २ सिटमा ४ जना प्रतिस्पर्धामा छन्। प्रदेशगत प्रतिनिधित्वअनुसार प्रत्येक प्रदेशबाट २र२ जना गरी १४ सदस्य चयन हुनेछन्। कर्णाली प्रदेशमा भने दुई उम्मेदवार मात्रै रहेकाले पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन्।

वस्तुगततर्फ उपाध्यक्षमा दुई उम्मेदवार
वस्तुगततर्फ उपाध्यक्ष पदका लागि नरेशलाल श्रेष्ठ र शिवप्रसाद घिमिरेबीच प्रतिस्पर्धा हुँदैछ। यसै समूहमा १३ कार्यकारिणी सदस्य पदका लागि २६ जनाको उम्मेदवारी परेको छ भने महिला सदस्यका लागि १ सिटमा २ जना प्रतिस्पर्धी छन्।

एसोसिएटतर्फ पनि उच्च प्रतिस्पर्धा

एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ सुब्बा र प्रवलजंग पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। यसै समूहमा १७ कार्यकारिणी सदस्य पदका लागि ३३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। महिला सदस्यका लागि २ सिटमा ४ जना प्रतिस्पर्धा गरिरहेका छन्।

अन्य पदहरूमा पनि प्रतिस्पर्धा
द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १ सदस्यका लागि २ जना र संस्थापक सदस्यतर्फ २ सिटका लागि ३ जनाबीच प्रतिस्पर्धा हुँदैछ।
 कसरीहुँदै छ निर्वाचन व्यवस्थापन
सम्पूर्ण निर्वाचन प्रक्रिया सञ्चालन गर्न प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी लीलामणि पौडेलले सम्हालेका छन्। निर्वाचन अधिकृतका रूपमा सुमनकुमार केसी र चन्द्रमणि निरौला रहेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit