Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

अदालत परमादेशपछि रिहा भएको केही घण्टामै पुनः पक्राउ परे शेखर गोल्छा

अदालत परमादेशपछि रिहा भएको केही घण्टामै पुनः पक्राउ परे शेखर गोल्छा
विज्ञापन
Advertisement

काठमाडौं। सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छालाई प्रहरीले पुनः पक्राउ गरेको छ। अदालतको आदेशपछि रिहा भएको केही मिनेटमै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पुनः नियन्त्रणमा लिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सोमबार गोल्छाको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने र उनी छुट्न सक्ने आशंका गर्दै प्रहरीले दिउँसै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। सोही आधारमा गोल्छालाई पुनः पक्राउ गरी बिमा सम्बन्धी अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि वैशाख ११ गते पक्राउ गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit