काठमाडौं। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट गायन ‘रियालिटी शो मेरो भ्वाइस युनिभसर्’ र ‘नृत्य रियालिटी शो मेरो डान्स युनिभर्स’ को सिजन–२ प्रसारण हुने भएको छ ।
विश्वभरि छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सूत्रमा बाध्ने लक्ष्यका साथ कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले जनाएको छ । दुवै रियालिटी ‘शो’ मा प्रथम हुने विजेतालाई रू एकरएक करोड, दोस्रो हुनेलाई रू २५/२५ लाख र तेस्रो हुनेलाई रू १०/१० लाख पुरस्कार प्रदान गरिने पनि जानकारी दिइएको छ ।
ती ‘शो’ हरू प्रत्येक शुक्रबार, शनिबार, आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छन् । टेलिभिजनको सहकार्यमा दुवै युनिभर्सको निर्माण तथा प्रसारणका लागि आज नेपाल टेलिभिजन र इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ
टेलिभिजनका तर्फबाट व्यापार महाशाखाका निर्देशक राजकुमार थापा र फाउन्डेसनका तर्फबाट नेपाल च्याप्टर प्रमुख बाबुकृष्ण कार्की त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले उक्त कार्यक्रमका माध्यमबाट सार्वजनिक सेवा प्रसारणलाई विश्वमा रहेका नेपालीबीच पुर्याउन सकिने विश्वास व्यक्त गरे ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य फुलमान बल र इन्ट्रा फाउन्डेसनका कार्यकारी चुडामणि भट्टराईले यस्ता प्रदर्शन र रियालिटी शोहरूले संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्