Advertisement
Advertisement
Corporate Samachar
२७ असार २०८३, शनिबार
Advertisement

‘फोर्स सेभिङ’मा जोड दिँदै गभर्नर अधिकारीले भने– वित्तीय शिक्षालाई स्कुलको पाठ्यक्रममा राख्ने प्रयास भइरहेको छ

‘फोर्स सेभिङ’मा जोड दिँदै गभर्नर अधिकारीले भने– वित्तीय शिक्षालाई स्कुलको पाठ्यक्रममा राख्ने प्रयास भइरहेको छ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्कुलको पाठ्यक्रममा नै वित्तीय शिक्षालाई राख्न आफूरुहले प्रयास गरिराखेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ग्लोबल मनि विक २०२५’ को उद्घाटन सत्रमा अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने धारणा राख्दै स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षालाई समावेश गरी सो बारे ज्ञान प्रदान गर्नुपर्ने बताए । वित्तीय शिक्षाको महत्वपूर्ण पाटो ‘फोर्स सेभिङ रहेको भन्दै उनले त्यसका लागि राष्ट्र बैंकले प्रयास गरिराखेको जानकारी दिए ।

विद्यार्थीहरुलाई सानै उमेरदेखि बचत गर्ने बानी बसाल्न र वित्तीय ज्ञान लिन प्रेरित गर्दै उनले भने, ‘ थोरै मात्र बचत गर्ने बानी गर्नुभयो भने भोलीको दिनमा त्यसैले तपाइँहरुलाई सुरक्षित महशुस गराउँछ । समाज मात्र होइन देशलाई नै पछि गएर फाइदा हुन्छ । त्यसैले हामीले विद्यार्थीहरुलाई स्कुले जीवनमै वित्तीय ज्ञान हुनुपर्छ भनेर स्कुलको पाठ्यक्रममा पनि फाइनान्सियल लिटरेसी राख्न खोजिराखेका छौ ।’ उनले त्यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरेको जानकारी दिए ।

उनले बचत गर्नुपर्नेमा जोड दिएरै अनावश्यक खर्च नगर्न सुझाव दिए । ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ । सानो पसलमा तपाईँले २० रुपैयाँमा पाइने चियाको मूल्य होटलमा जानुभयो भने २ देखि ३ सय रुपैयाँ तिर्नुपर्छ, त्यो किन खर्च गर्ने ? उनले भने, ’जसको क्षमता जेछ त्यही अनुसार व्यवहार गर्नुपर्छ, क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन ।’

यसैगरी, उनले बैंकभित्र बचतका पनि विभिन्न प्रडक्टहरु हुने गरेको उल्लेख गर्दै त्यस विषयमा पनि सबैले बुझ्न आवश्यक रहेको बताए ।
पछिल्लो समय डिजिटल कारोबार बढेको बताउँदै उनले डिजिटल कारोबारमा अवसरसँगै धेरै चुनौती पनि रहेको र सबैले सर्तक भएर कारोबार गरे सुरक्षित बन्न सकिने बताए ।

उनले सबैको पहुँचमा बैंक खाता पुर्याउने लक्ष्य रहेको भन्दै बैंकमार्फत बचत गरेर भविष्य सुनिश्चित गर्न सुझाव दिए । बैंक तथा वित्तीय संस्थाहरुले १३औं संस्करणको ग्लोबल मनि विक ‘लर्न, सेभ एण्ड अर्न’ भन्ने मूल नाराका साथ मनाइरहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit