Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

‘१८ वर्षदेखि बन्धक’ माथिल्लो कर्णाली सरकार आफैँले अघि बढाओस् : पोखरेल

‘१८ वर्षदेखि बन्धक’ माथिल्लो कर्णाली सरकार आफैँले अघि बढाओस् : पोखरेल
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको सम्भावित भण्डारको उत्खनन प्रक्रिया नरोक्न सरकारसँग माग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले देशमा पटक–पटक देखिने ग्यास अभावको दीर्घकालीन समाधानका लागि आफ्नै देशमा रहेका पेट्रोलियम तथा ग्यासका सम्भावित स्रोतको उत्खनन र व्यावसायिक उत्पादनमा सरकार केन्द्रित हुनुपर्ने बताए।

उनले दैलेखका भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न क्षेत्रमा ठूला ग्यास भण्डार रहेको दाबी गर्दै जलजलेबाट मिथेन ग्यास उत्पादन गर्न सके लामो समयसम्म देशको आवश्यकता धान्न सकिने बताए। ‘सरकारले जलजलेको पेट्रोलियम खानीमा भोटेताल्चा लगाएर राखेको छ। यो भोटेताल्चा खोल्नुहोस् भनेर भन्दा सरकार सुनिरहेको छैन। जलजलेको पेट्रोलियम खानीमा लगाइएको भोटेताल्चा खोलियोस्।’

सांसद पोखरेलले जलजलेसहित दैलेखका अन्य सम्भावित क्षेत्रमा समेत व्यावसायिक रूपमा ग्यास उत्पादन गर्न सके नेपालले आफ्नै आवश्यकता पूरा गर्नुका साथै भविष्यमा निर्यातसमेत गर्न सक्ने बताए। ‘यो संसदमा मैले दोहोऱ्याई–दोहोऱ्याई भनिरहेको छु- दैलेख जिल्लामा भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, नारायण नगरपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका ४० वटा वडाको मुनि त्यहाँ ४ वटा ठूला ग्यास भण्डारहरू छन्’ सांसद पोखरेलले भने, ‘तीमध्येमा एउटा जलजले भन्ने ठाउँबाट त्यहाँको ग्यास, मिथेन ग्यास उत्पादन गर्‍यो भने आगामी ५० वर्षको लागि पुग्छ। बाँकी ३ ठाउँबाट पनि त्यसै तरिकाले व्यावसायिक उत्पादन गरियो भने हामीले निर्यात गर्न सक्छौँ, बेच्न सक्छौँ, आफ्नो ढुकुटी बलियो बनाउन सक्छौँ।’

यसैगरी, सांसद पोखरेलले १८ वर्षदेखि अघि बढ्न नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको जिम्मेवारी नेपाल सरकारले आफैँ लिनुपर्ने धारणा राखे। ९०० मेगावाट क्षमताको उक्त आयोजना तुलनात्मक रूपमा कम लागतमा निर्माण गर्न सकिने भएकाले सरकारले आयोजना अघि बढाउन पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना १८ वर्षदेखि बन्धक छ। अब नेपाल सरकारले तुलनात्मक रूपमा एकदम कम लागतमा बन्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणको काम आफैँले लिओस्।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit