images
images
images

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा, लागत साढे तीन करोड बढी

images
images
images

काठमाडौं ।  बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो । बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको तीन करोड ६३ लाख रुपैयाँमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो ।

images
images

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताए । छ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी १५ लाख रुपैयाँ लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो ।

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताए। उक्त भवन निर्माणको जिम्मा तीन करोड ६३ लाख लागतमा सुनामी÷एसए जेभी निर्माण कम्पनीले दुई वर्षअघि पाएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्