Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल खुला विश्वविद्यालयद्वारा ११ औँ ग्र्याजुएट सम्मेलनको आयोजना

नेपाल खुला विश्वविद्यालयद्वारा ११ औँ ग्र्याजुएट सम्मेलनको आयोजना
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल खुला विश्वविद्यालयले अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सहकार्यमा “११ औँ ग्र्याजुएट सम्मेलन– हिमालयन नलेज कन्क्लेभ ( (HKC) ) २०२५” आयोजना गर्ने भएको छ। सम्मेलन आगामी चैत्र २३ र २४ अर्थात् (अप्रिल ५–६, २०२५) मा काठमाडौंमा आयोजना हुने भएकाे हाे ।

विज्ञापन
Advertisement
Advertisement

सत्यराम सचिव सत्यराम सुवालका अनुसार दिगोपनतर्फ शिक्षा, प्रविधि र वातावरणीय एकीकरणका प्रवृत्तिहरू सामाजिक–आर्थिक वृद्धिका लागिू भन्ने मूल विषयका साथ कार्यक्रम सञ्चालन हुनेछ। नेपालका विभिन्न विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूका स्नातक विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूले सम्मेलनमा भाग लिन सक्नेछन्।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को संरक्षणमा अग्रणी विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा आयोजना हुने यस वार्षिक सम्मेलनले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान प्रस्तुत गर्न, ज्ञान आदान–प्रदान गर्न तथा शिक्षा, प्रविधि र सामाजिक–आर्थिक वृद्धिका विषयमा छलफल गर्न महत्वपूर्ण मञ्च प्रदान गर्नेछ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit