Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सार्वजनिक लेखा समितिको काम प्रति सांसदहरु छैनन् सन्तुष्ट, ११४ वटा उजुरीको छानबिन भएन

सार्वजनिक लेखा समितिको काम प्रति सांसदहरु छैनन् सन्तुष्ट, ११४ वटा उजुरीको छानबिन भएन
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

विज्ञापन
Advertisement
Advertisement

समितिको आजको बैठकमा सांसदहरुले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको बेरुजु फर्छ्यौट तथा सम्परीक्षण एवं उजुरी माथिको छानबिन प्रभावकारी हुन नसकेकोमा असन्टुष्टि व्यक्त गरेका छन् ।

सभापति ऋषिकेश पोखरेलले समितिलाई थप प्रभावकारी र नतिजामुखी बनाउन विभिन्न नौ वटा उपसमिति बनाएर काम गरिरहेको बताए ।
महालेखापरीक्षक कार्यालयको प्रतिवेदन माथिको छलफल र समितिमा परेका उजुरीलाई फर्छ्यौट गर्नका लागि उपसमिति गठन गरिएको र हालसम्म समितिबाट भए गरेका कामलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार पारिएको उनको भनाइ छ । समितिमा हालसम्म परेका एक सय १४ वटा उजुरी माथि छानबिन हुन सकेको छैन ।

आजको बैठकमा समिति सदस्य जनार्दन शर्माले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल हुन नसकेको भन्दै समितिले कामलाई गति दिनुपर्ने बताए । समितिमा परेका उजुरीहरुको प्राथमिकीकरण गरी चाँडै टुङ्गोमा पु¥याइनुपर्नेमा उनले जोड दिए ।

अर्का सदस्य रामकृष्ण यादवले समितिका काम नतिजामुखी हुन नसकेको उल्लेख गरे । उनले नियमित बैठक बस्न नसकेको, समितिले दिएका निर्देशन सम्बधित निकायबाट कार्यान्वयन नभएकोलगायतका विषयमा ध्यानाकर्षण भएको बताए ।

यस्तै, बैठकमा समिति सदस्य प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने बताए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता विवाद चाँडो टुङ्ग्याउनुपर्ने र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक घोटाला भएको विषयमा पनि छानबिन थाल्नुपर्ने बताए ।

सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशन सम्बन्धित निकायले पालना गरे–नगरेको बारे सोधखोज गरिनुपर्ने बताए । समितिका निर्णयको कार्यान्वयन र प्रभावकारिता कति छ भनेर समितिले हेर्न सक्नुपर्ने उनको भनाइ छ । यसअघि समितिले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन हुन नसकेको प्रति ध्यानाकर्षण गराए । एकातर्फ उपभोक्ता पीडित भइरहने र अर्कोतर्फ समितिको निर्देशनसमेत पालना नभएको अवस्थामा यसको जवाफ खोजिनुपर्नेमा उनले जोड दिए ।

सांसद राजेन्द्रकुमार केसीले पनि सिमेन्ट र ड्ण्डीको मूल्य वृद्धि बारे समितिले दिएको निर्देशनको नतिजा शून्य रहेको बताए । पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको घोटलाको विषयमा लेखा समितिले अध्ययन र छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit