Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मङ्गलामा ६ गौरवका योजना कार्यान्वयनमा, सिम– टोड्के सडकलाई झन्डै साढे ४ करोड बजेट

मङ्गलामा ६ गौरवका योजना कार्यान्वयनमा, सिम– टोड्के सडकलाई झन्डै साढे ४ करोड बजेट
विज्ञापन
Advertisement

म्याग्दी । मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१र/८२ का लागि गाउँसभाबाट छनोट भई सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाले सङ्घीय समपूरक योजनाअन्तर्गत सबैभन्दा ठूलो योजनाका रूपमा चार करोड ४० लाख रुपैयाँ बजेटको सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्न लागेको छ । यस्तै, तीन करोड ४० लाखको पुलचोक–पिपलबोट–पाँखु–धारा–सिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजना सञ्चालन गरेको जनाएको छ ।

प्रदेश समपूरक योजनाबाट गण्डकी प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० लाख रुपैयाँ बजेट रहेको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला– मोटरबाटो स्तरोन्नति योजनामा धमाधम निर्माणकार्य भइरहेको छभने प्रदेश विशेष अनुदानअन्तर्गत महेन्द्ररत्न मावि बरङ्जाको छात्राबास भवन क्रमागत योजनाका लागि प्राप्त ४३ लाख रुपैयाँ बजेटको काम सम्पन्न भएको छ ।

यसैगरी, सङ्घीय विशेष अनुदानअन्तर्गत दुई करोड ६५ लाख बजेटबाट मङ्गला शिक्षा क्याम्पसमा छात्राबास भवन बनाउने योजना पनि अघि बढाएको छ । सङ्घीय सशर्त योजनाअन्तर्गत ८० लाख बजेट रहेको मङ्गला– ५ को डिही कीरियापुत्री भवन निर्माण योजना ठेक्का मूल्याङ्कनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिए ।

“सङ्घ र प्रदेशबाट प्राप्त योजना साझेदारीमा सञ्चालन हुने र गाउँपालिकाको समेत ठूला योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न सुरु गरेका छौँ, कतिपय योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ, निर्माणकार्यलाई गुणस्तरीय बनाउन पालिकाबाट निरन्तर अनुगमन भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ।

सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्ने सङ्घीय समपूरक बजेटअन्तर्गत सङ्घीय सरकार र गाउँपालिकाको ५०–५० प्रतिशत लागत साझेदारी रहेको यस योजनाका लागि त्रिशक्ति कन्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले तीन करोड १३ लाख ६८ हजार एक सय ४९ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेर कार्यक्षेत्रमा परिचालन भएको छ ।

आगामी असार १० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालन भएका गाउँपालिकाले जनाएको छ । सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति गर्न थालिएको यस योजनामा यस वर्ष तीन सय ५० मिटर सडक ढलान हुनेछ । सिमचोक, पातलको उकालो, कुहुँ र पूर्णगाउँ क्षेत्रमा सडकमा ग्यावियन जाली लगाउने, मेसिनरी पर्खाल निर्माण गर्ने र सडक सुरक्षाका काम गरेर स्तरोन्नति गरिने गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले जानकारी दिनुभयो ।

यसअघि गत वर्ष कोत्रबाङ बस्ती क्षेत्रमा छ सय ६० मिटर सडक कालोपत्र गरिसकिएको छभने दुई सय ५० मिटर सडक ढलान गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरबाट वडा नं २ को हिदी जोड्ने बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडकको भाइबा¬ङ्गखोला काफलचौर खण्डमा सडक ढलान गर्न थालिएको छ ।

कुल एक करोड बजेट विनियोजन भएको यस योजनामा ठेक्कामार्फत ९४ लाखमा ठेक्का लिएको मङ्गला कन्स्ट्रक्सन प्रालिले सडक ढलानको कामलाई तीव्र बनाएको छ । एक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले ग्यावियन जाली, मेसिनरी पर्खाल र प्लम पर्खाल लगाएर सडक ढलानको काम अघि बढाएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर आचार्यले जानकारी दिए । उनका अनुसार यस सडकखण्डमा छ मिटर फराकिलो र एक सय १० मिटर सडकलाई यस वर्ष ढलान गरिनेछ ।

यस सडकखण्डमा यसअघि दुई सय ६० मिटर सडकलाई ढलान गरिसकिएको छ । पुलचोक–पिपलबोट–पाँखु–धारा–शिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजनामा ठेक्का लिएको डिभाइनलाइट आचार्य मङ्गला जेभीले ५० प्रतिशत निर्माण सकेको छ ।

पिपलबोट क्षेत्रमा सडक फराकिलो बनाएर ग्यावियन जाली, प्लम पर्खाल, मेसिनरी पर्खाल लगाएर सडक ग्राभेलसहित स्तरोन्नति गर्ने र मुहानेको उकालोमा दुई सय मिटर सडक ढलान गरिने गाउँपालिकाका सबइन्जिनियर रुचेन्द्र अधिकारीले जानकारी दिए । यस खण्डमा गत वर्ष हाँडेभिर नजिकको सडकमा ग्राभेल गरिएको थियो ।

मङ्गला शिक्षा क्याम्पसको छात्राबास भवनको ठेक्का लिएको आचार्य मङ्गला जेभीले गत वर्ष निर्माण सुरु भएको भवनलाई पूर्णता दिने र नयाँ एकतले भवन बनाउने कामलाई तीव्रता दिएको छ । यस योजनाबाट छात्राबास भवन क्षेत्रलाई मेसिनरी पर्खाल निर्माण गरेर घेराबार गर्ने योजना छ ।

गाउँपालिकाले यस वर्ष कुल एक सय १६ वटा पूर्वाधार निर्माणका योजना कार्यान्वनयमा ल्याएकामा अहिलेसम्म ७१ वटाको सम्झौता भएको र ४५ वटा सम्झौताको चरणमा रहेको प्रशासकीय अधिकृत सुदर्शन पौडेलले बताए ।

उनले भने, “ठेक्का र उपभोक्ता समितिबाट कार्यान्वयन हुनेमध्ये सम्झौता भएका योजनामा धमाधम काम भइरहेको छ, बाँकी रहेका योजनाको लागत स्टिमेट तयार गर्ने काम भइरहेको छ”, उनले भने । गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ सडक, खानेपानी, सिँचाइ, पदमार्ग, भवन, निर्माणलगायत योजना छनोट गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit