images images images
images images images
images
images
images

बेनी–दरवाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र पूरा

images

म्याग्दी ।  बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद

पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर– तीन सय मिटर सडक कालोपत्र भएको छ ।

images
images

“फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ”, पौडेलले भने । “बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”

मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी–सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम–पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्