Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चन्द्रवीरले खनेको त्यो बाटो..

चन्द्रवीरले खनेको त्यो बाटो..
विज्ञापन
Advertisement

तुलसीपुर। श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खन्नुभयो ।

विज्ञापन
Advertisement
Advertisement

न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खन्नुभएका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खन्नुभएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खन्नुभएको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ ।

चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खन्नुभएको हो । ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन’ उनले भने ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।’

उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्नुहुन्छ, अन्य तीन छोराले आँखा देख्दैनन् ।

अहिले उनका जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्नुहुन्छ, भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा काठमाडौँमै रहेका छन, उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उहाँको दैनिकी चलेको छ । ‘कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ’, उनले भने ‘यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit