Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाबियाचौर–भर्जुला सडक १४ वर्षपछि स्तरोन्नति

बाबियाचौर–भर्जुला सडक १४ वर्षपछि स्तरोन्नति
विज्ञापन
Advertisement

म्याग्दी । मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक १४ वर्षपछि स्तरोन्नति भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक दुई करोड १५ लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न तीन वर्ष लागेको हो ।

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।

यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत ३० लाख रुपैयाँ लागतमा स्तरोन्नति भएको थियो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit