Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रतिनिधि सभा बैठक बस्दै, कुलमान हटाएकोमा प्रतिपक्षी र सत्तापक्षबीच  नोकझोक  हुन सक्ने

प्रतिनिधि सभा बैठक बस्दै, कुलमान हटाएकोमा प्रतिपक्षी र सत्तापक्षबीच  नोकझोक  हुन सक्ने
विज्ञापन
Advertisement

काठमाडाैं । प्रतिनिधि सभा र राष्ट्रिय सभा (संघीय संसद)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधि सभाको बैठकबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि पटक–पटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत यो विधेयक अगाडि नबढेको भनेर विषय उठ्दै आएको थियो । लामो समयसम्म सभामा रोकिएको भनेर आलोचना समेत भएको पृष्ठभूमिमा यो विधेयक अगाडि बढाउन लागिएको हो ।

त्यसअघि व्यवस्थापन कार्यतर्फ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन)विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit