Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी : १६ जनाको उद्धार, गृहले पठायो हेलिकोप्टर

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी : १६ जनाको उद्धार, गृहले पठायो  हेलिकोप्टर
विज्ञापन
Advertisement

काठमाडौं । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । उक्त भवनबाट १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ जना महिला छन् ।

विज्ञापन
Advertisement
Advertisement

भवनको बीच भागबाट आगो सुरु भएकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । प्रहरीका अनुसार बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेको हो ।

अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ । भवनभित्र फसेका मानिसको सकुशल उद्धारमा अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit