Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने
प्रतिनिधिमूलक तस्बिर ।
विज्ञापन
Advertisement

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलाको पानी सदुपयोग गर्न कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो। एक मेगावाट क्षमताको उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ । सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इञ्जीनीयर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो ।

कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरीदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए । उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ ।

आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सवस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit