Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निजी क्षेत्रको सक्रियता बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : मन्त्री पाण्डे

निजी क्षेत्रको सक्रियता बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : मन्त्री पाण्डे
विज्ञापन
Advertisement

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार मन्त्रालयमा भएको आ.व. २०८२/०८३ को नीति,कार्यक्रम एवम् बजेटमा पर्यटन,नागरिक उड्डन तथा संस्कृति क्षेत्रमा समेटिनु पर्ने विषयका सन्दर्भमा सरोकारवालासँग छलफल गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास निजी क्षेत्रले मात्रै गर्न सक्ने बताए ।

उनले भने, ‘नीजि क्षेत्र सक्रिय नभईकन पर्यटन क्षेत्रको विकास हुन सक्दैन । पर्यटन क्षेत्र बनाउने भनेकै नीजि क्षेत्रले हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनु पर्छ । नीजि क्षेत्रलाई राज्यले उदार भावले साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण बनाउन सके स्वदेशी तथा विदेशी लगानीकर्ताहरुबाट राज्यले ठूलो लाभ लिन सक्ने धारणा राखे ।

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने दाबी गरेका छन् । छलफलमा सहभागी पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने, विदेशीहरुको भिसा लम्बाउन सहजीकरण गर्नु पर्ने, नेपालको एयरलायन्सको संख्या बढाउनु पर्ने, कैलाश, मानसरोबर जाने भारतीय पर्यटकहरुलाई नेपालको रुटमा आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्ने, तिर्थाटन लगायतका पर्यटन क्षेत्रमा विशेष ध्यान दिनु पर्ने सुझाव दिए ।

मन्त्री पाण्डेले व्यवसायीले दिएको उक्त सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit