Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै, सम्भावित जोखिमको अध्ययन गर्न विज्ञको सुझाव

थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै, सम्भावित जोखिमको अध्ययन गर्न विज्ञको सुझाव
विज्ञापन
Advertisement

काठमाडौं ।  गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए। ‘सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी छ । विगतका पाठ सिकेर आगामी दिनमा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने विषयमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘जोखिममा रहेको बस्तीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि बहस हुनुपर्छ ।’

प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेकामा जोड दिए । ‘जोखिम न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसूचना प्रणाली जडानका लागि हामी सम्बन्धित सरोकारवाला निकायसँग पनि समन्वय गर्नेछौँ’, उनले भने, ‘निजी आवास पुनःनिर्माणका कुनै कमी हुने छैन । यससँगै अध्ययनलाई पनि प्राथमिकता दिँदै पूर्व तयारीमा जुट्ने छौँ ।’

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले थामेको बस्ती पुनर्निर्माणका लागि अन्य क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर पुरानै अवस्थामा फर्काउन सङ्घीय सरकारलाई आग्रह गरे । ‘ढिला न्याय दिनु भएको न्याय नदिनु जस्तै हो’, उनले भने, ‘थामेलागायत अन्य क्षेत्र पनि जोखिममा छ । कसरी जोखिम व्यवस्थापन गर्ने? न्यूनीकरण कसरी गर्ने? पूवतयारी के–के हुने भनेर हामीले स्थानीय अनुकूलन योजना बनाउँदै छौ‌ । तीनै सरकारको समन्वय आवश्यक छ ।’

एसियाली विकास बैंकका वरिष्ठ जलवायु विज्ञ अवनी मणि दीक्षितले अध्ययनले आगामी दिनका सम्भावित जोखिमबाट बच्ने उपायसहित सुझाव समावेश गरेर यसले आगामी नीति तथा योजना बनाउन सहयोग पुग्ने बताए। थामे क्षेत्रमा भएको हिमताल विस्फोट पछिको बाढी घटनाले जलवायु जोखिमको जटिलता उजागर गरेको छ । विज्ञहरूले आगामी सम्भावित बाढीलाई रोक्न वैज्ञानिक अनुगमन, इञ्जिनियरिङ समाधान तथा स्थानीय समुदायलाई सचेत गराउने उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन् ।

अध्ययन टोलीका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (सिमोड)का भूगर्भविज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेष गरी यसले ठूलो विनाश निम्त्याउने खतरा बढाएको बताए । जलवायुविज्ञ केशव शर्माले उच्च जोखिमयुक्त क्षेत्रमा जल व्यवस्थापन, नदी किनार संरक्षण तथा बाढी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताए । साथै, स्थानीय समुदायको आपतकालीन तयारीलाई बलियो बनाउन गैरसंरचनात्मक उपायहरू अवलम्बन गर्नुपर्नेमा उनको जोड छ । अनुगमन तथा पूर्वानुमान प्रणालीलाई सशक्त बनाउन जल तथा मौसमसम्बन्धी मापन केन्द्रहरू स्थापना गर्नु जरुरी रहेको विज्ञहरूले बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit