काठमाडौं । थाइल्यान्ड र म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूअनुसार १० किलोमिटर गहिरो भूकम्पको यसको केन्द्रविन्दु छिमेकी म्यानमामा रहेको बताएका छन् ।
ग्रेटर बैंकक क्षेत्रमा १७ लाखभन्दा बढी मानिस बस्छन् र तीमध्ये धेरैजसो उच्च भवनहरूमा बस्छन् ।
भूकम्प दिउँसो १ः३० (स्थानीय समय) मा गएको हो । भूकम्पपछि बाहिर निस्किएका नागरिकहरु सडकमा निस्किएका छन्। तत्काल कुनै क्षति वा हताहतको खबर नआएको एपीले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमाको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा रहेको जनाइएको छ। गृहयुद्धको बीचमा रहेको म्यानमामा भूकम्पको भएको क्षतिको विवरण आउन बाँकी छ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्