Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यामाहाको ‘थ्रिल अफ थ्री’ स्किम सार्वजनिक, एक लाख रुपैयाँसम्म नगद जित्ने अवसर

यामाहाको ‘थ्रिल अफ थ्री’ स्किम सार्वजनिक, एक लाख रुपैयाँसम्म नगद जित्ने अवसर
विज्ञापन
Advertisement

काठमाडौं। यामाहा नेपालले नयाँ वर्ष २०८२ को सुरुवात रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सँगै गर्ने भएको छ । उक्त स्किम यामाहाका फ्यानहरूका लागि रोमाञ्चक, विशेष लाभदायी र अनबिटेबल डिलहरू प्रदान गर्ने गरी ल्याइएको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको सारलाई प्रतिबिम्बित गर्दै एक्साइटमेन्ट, स्टाइल र पर्फर्मेन्सको उत्सव मनाउने ग्राहकवर्गको लागि अवसर हुने कम्पनीले जनाएको छ ।

‘थ्रिल अफ थ्री’ अन्तर्गत रहेका रोमाञ्चक पुरस्कारहरू

एक्साइटमेन्ट शेयर गरेर १ हजार रुपैयाँ जित्ने अवसर : आफ्नो सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गरेपछि तत्काल १ हजार रुपैयाँ जित्ने अवसर

 स्टाइल देखाएर ५० हजार रुपैयाँ जित्ने मौकाः नजिकैको यामाहा डिलरशिपमा गई आफुले शेयर गरेको यामाहा नयाँ वर्ष स्किम विज्ञापनको स्क्रिनसट देखाइ ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका यामाहाले ल्याएको छ ।

यामाहाको सवारी किन्दा १ लाख रुपैयाँ जित्ने अवसर :   उक्त योजना अवधिमा ब्रान्ड–न्यू यामाहा मोटरसाइकल वा स्कुटर खरिद गरी १ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका ग्राहकलाई दिइएको छ ।

ग्राहकहरूको लागि थप लाभहरू

नगद पुरस्कारहरूको साथसाथै यामाहा नेपालले यामाहाको खरिदलाई पहिलेभन्दा अझै सजिलो र बढी फाइदाजनक बनाउन विशेष खरिद लाभ प्रदान गरेको उललेख गरेको छ ।
● स्पट एक्सचेन्ज
● इजी फाइनान्स
● छानिएका मोडेलहरूमा ०% ब्याजको ईएमआई

‘थ्रिल अफ थ्री’ स्किमकेवल अफर सँगै यसले यामाहाको इनोभेसन, एक्साइटमेन्ट र ग्राहक संलग्नता प्रतिको जोशलाई प्रतिबिम्बित गर्दछ। उत्कृष्ट राइड अनुभव प्रदान गर्ने यामाहा मोटरसाइकल र स्कुटरहरू थ्रिल खोज्ने, स्टाइल मन पराउने र पर्फर्मेन्स रोज्नेहरूका लागि डिजाइन गरिएका छन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट पर्फर्मेन्स र असाधारण आफ्टर सेल्स सर्भिसको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहा विश्वस्तरीय उत्पादनहरू प्रदान गर्न र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न समर्पित रहेको कम्पनीले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit