Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा यस्तो बन्यो काठमाडौं फोटोग्राफर संघको नयाँ कार्यसमिति

आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा यस्तो बन्यो काठमाडौं फोटोग्राफर संघको नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं फोटोग्राफर संघको नयाँ नेतृत्वमा आनन्द प्रभाकर घिमिरे चयन भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट नयाँ कार्यसमितिको चयन भएको हो । सम्पन्न अधिवेशनले आनन्द प्रभाकर घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अध्यक्षका लागि तीन जना र सचिवका लागि दुई जनाको उम्मेदवारी परेकाले निर्वाचन मार्फत नयाँ कार्यसमिति बनेको हो । अन्य पदमा भने एकल उम्मेदवारी परेकाले निर्विरोध चयन भएका थिए । आनन्द प्रभाकर घिमिरेअध्यक्ष, हरी ज्ञवाली उपाध्यक्ष, काली प्रसाद रिमाल सचिव, मिलन तमखु सह सचिव र कोषाध्यक्षमा चन्द्र लाल राई गरी ५ जनाको नयाँ कार्यसमिति बनेको छ ।

कार्यसमिति सदस्यहरुमा ११ जना चयन भएका छन् । केशव राज भट्टराई, बासुदेव घिमिरे, विनोद ढकाल,देवराज गुरुङ, रामचन्द्र भट्ट, सुजन तिमल्सिना, रेन्जु मगर, नवराज घिमिरे, ठाकुर प्रसाद अधिकारी, रेशम अधिकारी र विनेश श्रेष्ठ सदस्य छन् ।

काठमाडौं फोटोग्राफर संघको विधान अनुसार नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको कायम रहने छ । अध्यक्षमा चयन भएपछि घिमिरेले आफ्नो कार्यकालमा संस्थामा आवद्ध फोटोग्राफरहरुले गर्व गर्न लायक बनाउने गरी काम गर्ने बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit