काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।
लगानीका अवसर सिर्जना गर्दै दुई देशबीचमा आर्थिक व्यावसायिक सम्बन्ध बलियो बनाउन प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न शिनावात्राको उपस्थितीमा बुधबार बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका छन् ।

लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदान गरी सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको सीएनआईले जनाएको छ ।
उक्त समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालको छ । लगानी प्रबद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट विदेशी लगानीकर्ताले फाइदा लिन सक्ने धारणा उनले राखे ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्