images images images
images images images
images
images
images

‘मेरो पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको इतिहासमा महत्वपूर्ण इट्टा थपिएको महसुस गरेको छु’

images

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही साता सकिदै छ । कार्यकाल सकिनुअघि आज बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताए ।

उनले भने, ‘ महामारीबाट पुनर्उत्थान नहुँदै रुस र युक्रेनबीचको तनावका कारण सिर्जित उच्च मूल्यवृद्धिको सामना गर्नुपर्यो । यस्तो असहज एवं चुनौतीपूर्ण समयमा समेत यस बैंकले लिएको सजग एवं उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको छ । संक्रमणको त्रास सँगसँगै यस बैंकको सञ्चालक समिति र समस्त कर्मचारीको सक्रिय भूमिकाबाट बैंकको काम कारबाहीलाई सदैव निरन्तरता दिन सम्भव भएको छ ।

images
images

उनले भने,‘असहज अवस्थामा समेत यस बैंकको निर्देशनलाई पालना गरी बैंकिङ क्षेत्रले आफू पनि बच्ने अरूलाई पनि बचाउने गरी सेवालाई कायम राखेका छन् । पछिल्लो समयमा बाह्य क्षेत्र सुदृढ बन्दै गएको छ भने मूल्यमा सिर्जना भएको दबाब विस्तारै कम भई मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यभित्रै रहेको छ ।’

कोरोना महामारीले विश्व अर्थव्यवस्थामा निकै ठूलो चुनौती दिएका बेला नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा बलियो बनाएको भनाइ उनको छ ।
‘त्यो समय उपलब्ध सीमित स्रोत साधनलाई सदुपयोग गरी आर्थिक व्यवस्थालाई लयमा राख्नु ठूलो चुनौति थियो । यस्तो अवस्थामा मौद्रिक नीतिको तर्जुमा गर्दा सजगतापूर्वक तथा तथ्यमा आधारित भएर केही परम्परागत र केही गैर परम्परागत उपाय अवलम्बन गर्नुपर्यो । यस्ता उपायले अर्थतन्त्रलाई लयमा राख्नुको साथै समकक्षी देशहरूको तुलनामा बलियो अवस्थामा राख्न निकै मद्दत पुर्यायो ।’

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बाह्य क्षेत्रको दबाबलाई कम गर्न आवश्यक नीतिगत सुधार गरेकाले मुलुकको वित्तीय स्थायित्वलाई सबल बनाउन मद्दत पुगेको उल्लेख गरे । अहिले १४ दशमलव ४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको जानकारी दिँदै मौद्रिक नीतिहरूलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै मुद्रास्फीति लक्ष्यभित्रै सीमित राख्न सफल भएको उनको भनाइ छ।

‘कोभिड महामारीको प्रभावलाई न्यून गर्न राष्ट्र बैंकले विभिन्न सहुलियतपूर्ण वित्तीय तथा मौद्रिक नीतिहरू लागू गरेको थियो । जटिल परिस्थितिमा बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा सहजता प्रदान गर्न लचिलो नीति अवलम्बन गरिएको थियो ।’

यस्तै उनले आफ्नो कार्यकालको दोस्रो वर्षमा केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताए । उनले भने, ‘राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भयो । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यता तथा मर्म अनुरूप सर्वोच्च अदालतबाट यस बैंकको स्वायत्ततालाई जोगाउन सफल भइयो ।’

राष्ट्र बैंकको स्वायत्ततामाथि गरिएका हस्तक्षेपमा पूर्वगभर्नर,अर्थशास्त्री लगायतले खबरदारीले फिर्ता गर्न सफल भएको बताएका उनले आफ्नो पाँच वर्षे कार्यकालमा राष्ट्र बैंकको इतिहासमा महत्वपूर्ण इट्टा थपिएको समीक्षा गरेका छन् । ‘जस्तोसुकै असहज परिस्थिति आएपनि ती चुनौती सामना गर्न सबैको सद्भाव, सहयोग, बल र आँट मिलेको फलस्वरुप विगत ५ वर्ष मेरा लागि सन्तुष्टिका वर्ष रहे । राष्ट्र बैंकको इतिहासमा महत्वपूर्ण इट्टा थपिएको महसुस मैले गरेको छु मूल्याङ्कन तपाईंहरूले गर्ने हो’ अधिकारीले भने ।

लचिलो नीतिले व्यवसाय सञ्चालन तथा लगानी प्रवद्र्धनमा सकारात्मक असर पार्नुका साथै आर्थिक पुनरुत्थानमा टेवा पु¥याएको, वित्तीय स्थायित्व सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ बनाइएको र जोखिम न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा लागू गरिएको भनाइ उनको छ।

पछिल्लो पाँच वर्षमा डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय वृद्धि भएको, मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटको प्रयोग उल्लेखनीय रूपमा बढेको उनको भनाइ थियो । ‘आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०८०/८१ मा विद्युतीय भुक्तानी कारोबारमा दोब्बर वृद्धि भएको छ, जसले डिजिटल वित्तीय समावेशितालाई प्रवद्र्धन गर्न मद्दत गरेको छ’, उनले भने ।

गभर्नर अधिकारीले डिजिटल कारोबारको वृद्धिसँगै केन्द्रीय बैंकले साइबर सुरक्षालाई पनि प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा प्रविधिगत सुधारहरू अवलम्बन गरेको जानकारी दिए।

‘५ वर्षको अवधिमा ११ वटा नीति, ९ वटा फ्रेम वर्क, १८ वटा मार्गदर्शन, ११ वटा निर्देशिका ७ वटा म्यानुअल र ४१ वटा कार्यविधि तर्जुमा भई कार्यान्वयनमा आएको उनले बताए । यस अवधिमा बैंकको कार्यलाई आधुनिक, व्यवस्थित तथा थप प्रभावकारी बनाउनका लागि विभिन्न नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधार गरिएको भन्दै उनले सेवा प्रवाहलाई छरितो तथा प्रभावकारी बनाउन उपयुक्त जनशक्ति भर्ना गर्दै बैंकका अधिकांश काम कारबाहीलाई प्रविधिमा आधारित बनाइएको बताए । यस अवधिमा राष्ट्र बैंकलाई बलियो बनाउन सूचना प्रविधि महाशाखालाई विभागमा स्तरोन्नति गरिएको छ’, उनले भने ।

अधिकारीले राष्ट्र बैंकको सुधार यात्रा निरन्तर रहने उल्लेख गर्दै आगामी दिनमा पनि बैंकले प्रभावकारी नीति अवलम्बन गर्दै देशको आर्थिक स्थायित्व तथा समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकद्धारा विगत पाँच वर्षमा सम्पादित प्रमुख कार्य तथा उपलब्धि समेटेर तयार परिएको पुस्तकसमेत सार्वजनिक गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्