Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एक करोड तीन लाख लागतमा सडक स्तरोन्नति, स्थानीय उत्साहित

एक करोड तीन लाख लागतमा सडक स्तरोन्नति, स्थानीय उत्साहित
विज्ञापन
Advertisement

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ (होमस्टे) पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा भोग्नुपरेको सास्ती अन्त्य हुनाका साथै यातायात सञ्चालनमा सहज भएपछि स्थानीयवासी उत्साहित भएका हुन् ।

बन्दीपुर– ५ कोरीखाका लीलाबहादुर गुरुङले विसं २०७३ सुरु गरिएको घरबास (होमस्टे) यही बाटोका कारण सञ्चालनमा समस्या हुने गरेकामा अब त्यो समस्या हटेको भन्दै खुसी व्यक्त गरे । अब नयाँ वर्षको सुरुआतसँगै होमस्टे व्यवसायलाई नियमित सञ्चालन गरिने उनले बताए । ‘पहिले यहाँ आउन राजमार्गबाट ४५ मिनेट लाग्ने गरेको थियो, हाल १० मिनेटमै पुग्ने अवस्था बनेको छ । जसले गर्दा अब पाहुना बढ्ने विश्वास लिएका छौँ’, गुरुङले भने ।

बन्दीपुर –५ थुम्काका किसान तामप्रसाद भट्टले दैनिक दूध पु¥याउन राजमार्ग पुग्न सहज भएको बताए । पहिले पानी पर्दा सडक हिलाम्मे भएर यात्रा गर्न निकै समस्या हुने गरेकामा सडक स्तरोन्नतिसँगै त्यो समस्या समाधान भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले विनियोजन गरेको एक करोड तीन लाख ३५ हजार रुपैयाँ बराबरको बजेटमा नयाँ सहर आयोजनाअन्तर्गत यो सडक स्तरोन्नति गरिएको हो । सडक सात मिटर फराकिलो गरी आरसिसी ढलान र नाली निर्माण गरिएको नयाँ सहर आयोजना डुम्रे भन्सारका निमित्त कार्यालय प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । सबैभन्दा अप्ठेरो मानिएको सडक क्षेत्रको चार सय ५० मिटर ढलान गरिएको उनको भनाइ छ ।

कार्यालयका अनुसार उक्त खण्डमा गत आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र दुई सय मिटर ढलान, तीन किमी सडक ग्राभेल भइसकेको छ । चालु आवको कामअन्तर्गत राजेन्द्र रमण कन्सट्रक्सन कम्पनीले आगामी जेठ २० गतेभित्र सक्नुपर्ने योजनाको काम चैत मसान्तभित्रै सम्पन्न गरेको नयाँ सहर आयोजनाका इञ्जिनीयर शान्ति शर्माले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सडकको प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरी बन्दीपुर गाउँपालिका—४ देखि बाहुनभञ्ज्याङ हुँदै पर्यटकीय गाउँ धरमपानी जोड्ने सडक स्तरोन्नतिको काम गरिरहेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit