Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपालको अर्थतन्त्र सुधार हुँदै जाने एडीबीको अनुमान, चालु आवमा ४.४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

नेपालको अर्थतन्त्र सुधार हुँदै जाने एडीबीको अनुमान, चालु आवमा ४.४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण
विज्ञापन
Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेकोमा चालु आवको आर्थिक वृद्धि सामान्य हुने प्रक्षेपण एडीबीले गरेको हो। एसिया क्षेत्रको आर्थिक वृद्धिदर भने ४.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक –२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने अनुमान गरेको एडीबीले आगामी आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने उल्लेख गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । यसले नेपालको अर्थतन्त्र सुधारोन्मुख गतिमा रहेको देखाएको छ ।

एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा भने व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीति कमजोर हुने र त्यसले आर्थिक वृद्धिमा अनिश्चय बढाएको बताए । यस्तै, अमेरिकाले नयाँ भन्सार दर तोकेपछि त्यसको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडीबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । एसियामा मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २ २ प्रतिशतमा खुम्चने प्रक्षेपण एडीबीको रहेको छ ।

यसैगरी, नेपालको मुद्रास्फीति भने सन् २०२५ मा ५.२ र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ ।

गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको छ । एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काका अनुसार चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि बढ्ने प्रक्षेपण छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ।’

सार्वजनिक प्रतिवेदन अनुसार अप्रिलको सुरुआतमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने तथा व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ ।

विशेषगरी, एडीबीले अमेरिकी उच्च कर नीतिले सबैभन्दा ठूलो प्रभाव चीनको अर्थतन्त्रलाई पार्ने प्रक्षेपण गरेको छ । अमेरिकाले चीनप्रति लगाएको उच्च ट्यारिफ नीतिले आपसमा गम्भीर व्यापार युद्ध हुने देखिएको छ । यति हुँदाहुँदै पनि दक्षिण एसियाको वृद्धिदर गत वर्षको ५.८ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit