Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

मंगलबार २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

मंगलबार २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबार २५ अर्ब रुपैयाँ तलरता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत मंगलबार केन्द्रीय बैंकले २२ दिनको लागि २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

गत साता आइतबार र मंगलबार दुई दिन राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत रकम संकलन गरेको थियो। आइतबार ३० अर्ब तरलता प्रशोचनको लागि बोलकबोल भएकोमा बैंकहरुले १६ अर्ब २० करोडको लागि आवेदन दिएका थिए । उक्त उपकरणमा लगानी गर्न बैंकहरुले प्रस्ताव गरेको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।

पछिल्लो केही महिना यता निक्षेपको तुलनामा कर्जाको वृद्धिदर उच्च भएको छ । यस्तै, सरकारले बढाएको आन्तरीक ऋण परिचालनले अधिक तरलताको चाप समेत घट्दै गएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमै अधिक तरलता रहेको बैंकिङ प्रणालीमा पछिल्लो केही महिना यता उक्त चाप केही कम हुँदै गएको छ। आर्थिक वर्षको सुरुवातमा साढे ३ खर्ब भन्दा धेरै रकम प्रशोचन गरेर केन्द्रिय बैंकमा मौज्दात राखिएको थियो । तर, ११ फागुनमा उक्त रकम २ खर्ब ३१ अर्ब ९० करोडमा झरेको उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit