Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रम्पले ९० दिनका लागि ट्यारिफ रोकेपछि एशियाली सेयर बजारमा वृद्धि

ट्रम्पले ९० दिनका लागि ट्यारिफ रोकेपछि एशियाली सेयर बजारमा वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ घोषणा सम्बन्धी निर्णयमा ९० दिनका लागि रोक लगाएका छन् । ट्रम्पले ट्यारिफ तीन महिनाका लागि रोकेसँगै एशिया प्रशान्त क्षेत्रका सेयर बजारहरूमा बिहीबार वृद्धि देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केही सातादेखि नकारात्मक बनेका जापान, दक्षिण कोरिया र अष्ट्रेलियाका सेयर बजारहरूको सुरुवाती कारोबारमा आज उछाल देखिएको छ ।

जापानको निक्केईमा सुरुवाती कारोबारमा २२५ सूचकांकमा ८ प्रतिशतभन्दा बढीको वृद्धि देखिँदा दक्षिण कोरियाको कोस्पी सूचकांक र अष्ट्रेलियाको एएसएक्स २०० मा करिब ५ प्रतिशतको वृद्धि भएको छ ।

यसअघि, बुधबार ट्रम्पले अधिकांश देशहरूका लागि ट्यारिफमा ९० दिनको ‘रोक’को घोषणा गरेपछि अमेरिकी सेयर बजारमा समेत वृद्धि भएको थियो ।

यसैबीच जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको प्रतिक्रिया दिएको छ । तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरूमा पुनर्विचार गर्नुपर्ने माग जापानको छ ।

“हामीले पछिल्लो अमेरिकी घोषणालाई सकारात्मक रूपमा लिएका छौँ”, सरकारका मुख्य प्रवक्ता योशिमासा हायाशीले ने “हामीले अमेरिकालाई आपसी भन्सार शुल्क, स्टिल र एलुमिनियममा लगाइएको भन्सार शुल्क र सवारी साधन तथा अटो पार्ट्समा लगाइएको भन्सार शुल्कका उपायहरूको पुनरावलोकन गर्न दृढतापूर्वक माग गरिरहेका छौँ ।”

ट्रम्पले बुधबार भन्सार शुल्कहरूमा ९० दिनको रोक लगाउने घोषणा गरेपनि अन्य भन्सार शुल्कहरू अझै कायम छन् । अमेरिकामा जापानबाट ल्याइने कारहरूमा २५ प्रतिशतको भन्सार शुल्क अझै कायमै छ । विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानको अटो क्षेत्रमा ट्रम्पको टेयारिफ नीतिले नकारात्मक असर परिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit