Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कर वृद्धि तोकिएकै समयमा लागू गर्ने राष्ट्रपति ट्रम्पको प्रस्टोक्ती, अटो उत्पादन क्षेत्र कमजोर बन्ने संकेत  

कर वृद्धि तोकिएकै समयमा लागू गर्ने राष्ट्रपति ट्रम्पको प्रस्टोक्ती, अटो उत्पादन क्षेत्र कमजोर बन्ने संकेत  
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोँसँगको भेटपछि क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनानुसार अघि बढिरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उनी र माक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो। पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए।

वार्ता जारी रहेकै वेला उनले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गरेका थिए। एक सातापछि (मङ्गलबार) उक्त समय समाप्त हुनेछ र सबैको नजर उत्तर अमेरिकी छिमेकीहरूले उनीहरूको कार्यान्वयन रोक्नका लागि सम्झौतामा आउन सक्छन् कि सक्दैनन् भन्नेमा छ।

कर वृद्धिले अटो उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा आपूर्ति शृंखलालाई कमजोर पार्नेछ। ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘करहरू निर्धारित समयमा नै लागू हुने गरी प्रक्रिया अघि बढिरहेका छन्।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit