Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घट्दो श्रमशक्तिसँग जुधिरहेको चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोगलाई तीव्रता दिने

घट्दो श्रमशक्तिसँग जुधिरहेको चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोगलाई तीव्रता दिने
विज्ञापन
Advertisement

एजेन्सी । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

“हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनहरूको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौं,” नागरिक मामिला मन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दुई सत्र’ का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भनेका छन् ।“यस कदमले सेवाहरूलाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,” लुले भने ।

सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन् । श्रमशक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोगमा बढावा दिइराखेको छ ।

गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरूले आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न तीव्रता देखाएका थिए । डिपसिकको मूल्य कटौती ढाँचाले चिनियाँ कम्पनीहरूलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकी प्रतिबन्धको बावजुद यसका धेरै पश्चिमी एआई प्रतिस्पर्धीहरूलाई पछि पारेको छ ।

राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीहरूका लागि एक दुर्लभ सङ्गोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको सङ्केत गरेका थिए। जसमा धेरै एआई र अन्य प्रविधि मालिकहरू सामेल रहेका र उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ उनले भनेका थिए।

सङ्गोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र शाओमीजस्ता मुख्य प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधिहरू उपस्थित थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit