काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई विमानमार्फत प्रहरीले काठमाडौं ल्याएको छ ।
शुक्रबार झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमा प्रहरीले प्रसाईंलाई काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको गाडीमा बाहिर निकालिएको प्रसाईंलाई आजै अदालत पेस गर्ने प्रहरीको तयारी छ ।
प्रसाईंलाई शुक्रबारनै अदालतमा पेश गरी म्याद थप गर्ने प्रक्रिया अघि बढाएको प्रहरीले प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
तीनकुनेमा भएको प्रदर्शनीका क्रममा प्रसाईंले आफैंले चलाएको गाडी प्रहरीमाथि बलपूर्वक गुडाएर भिडलाई समेत उत्तेजक गराउन बल पुर्याएका थिए ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्