Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित
विज्ञापन
Advertisement

खोटाङ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र छिमेकी जिल्ला उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुनः निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए। ‘फोक्सिङटार पुल जिल्लावासीको दैनिक जीवनसँग जोडिएको छ । त्यसैले हामी सबैको पहलमा बजेट सुनिश्चित भएको छ । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य छ’, उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेकामा बजेट सुनिश्चित भएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । विपद् व्यवस्थापन कोषमार्फत आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए । ‘पुल निर्माणका लागि मन्त्रालयका तर्फबाट स्रोत सुनिश्चित गरेका छौँ । डिजान तथा टेन्डर आव्हानको काम सडक विभागले गर्छ । विभागलाई पत्राचार गरिसकेका छौँ । यसै आर्थिक आवश्यक काम अगाडि बढ्छ’, सचिव शर्माले भने ।

यो सडक पूर्वी तराईका विभिन्न सहर जाने र आउने छोटो दूरीको बाटो हो तर बाढीले फोक्सिङटारको पुल बगाएपछि वर्षायाममा दिक्तेल–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद हुने अवस्था आएको छ । दिक्तेल–गाईघाट सडक (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की बाढीले बगाएको थियो । त्यसपछि अस्थायी बेलिब्रिज जडान गरिएको छ । हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी जडान गरिएको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालन ल्याइएको हो ।

निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको मोटरेबल पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै विसं २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । हस्तान्तरण नहुँदै बाढीले पुल बगाएका थियो । निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न गरिएको पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बाढीले यहाँको पक्की पुल बगाएपछि जिल्लाको विकास निकै पछाडि धकेलिएको बताए । ‘जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु यही पुल भएरै भित्र्याइन्थ्यो तर पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगायो । यो हाम्रा लागि दुःखको कुरा हो । अब चाँडै निर्माणका लागि राजनीतिक नेतृत्व र सबै सरोकार भएकाहरू गम्भीर बन्न आवश्यक छ, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit