Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रोटोन ई–मास सेभेनको सफलतापछि नेपालमा ईभी पोर्टफोलियो विस्तार गर्दै जगदम्बा मोटर्स

प्रोटोन ई–मास सेभेनको सफलतापछि नेपालमा ईभी पोर्टफोलियो विस्तार गर्दै जगदम्बा मोटर्स
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारीसाधन ९ईभी० पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा प्रोटोन ई–मास सेभेन १६० किलोवाटको सफल सुरुवातपछि कम्पनीले ईभी विस्तार योजनालाई थप गति दिने भएको हो । बजारमा आएको छोटो समयमै प्रोटोन ई–मास सेभेनले नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको कम्पनीले जनाएको छ ।

मलेसियामा पनि प्रोटोनको ईभी बिक्री उल्लेख्य रूपमा बढेको छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी बिक्री ३२९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई सवारी हस्तान्तरण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पुर्‍याउने लक्ष्य लिएको छ ।

जगदम्बा मोटर्सका प्रतिनिधिले नेपालमा प्रोटोन ई–मास सेभेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको बताउनुभयो । उहाँका अनुसार यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेको र गुणस्तरीय विकल्पको खोजीमा रहेको संकेत दिएको छ ।

हाल नेपाली बजारमा उपलब्ध प्रोटोन ई–मास सेभेन १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी हो । एनईडीसी मापदण्डअनुसार यो गाडीले एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, आधुनिक ड्राइभिङ प्रविधि, फराकिलो भित्री सजावट, सुरक्षा तथा कनेक्टिभिटी सुविधाहरू समावेश छन् ।

हाल ई–मास सेभेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता सुविधा प्राप्त गरिरहेको कम्पनीले जनाएको छ ।

यसैबीच, जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई–मास फाइभ पनि नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ । सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ई–मास फाइभ शहरी जीवनशैली र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको मोडल हो ।

प्रोटोनका अतिरिक्त जगदम्बा मोटर्स नेपालमा टीभीएस दुईपाङ्ग्रे सवारी, चेरी वाण्डाका व्यावसायिक विद्युतीय सवारी तथा जेएमईभी विद्युतीय सवारीको आधिकारिक वितरकसमेत हो । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारीसाधन उपलब्ध गराउँदै नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit