images
images
images

कुवेतविरुद्ध जारी फाइनल खेलमा नेपाललाई पहिलो सफलता

images
images

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई शृङ्खलाको उपाधिका लागि आज नेपालर कुवेत भिड्दैछन् । केही बेरअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । चौथो ओभरको दोस्रो बलमा नेपालका लागि नन्दन यादवले ओपनर क्लिन्टो एन्टोलाई गुल्सन झाको हातद्वारा क्याच आउट गराउन सफल भए । १४ बलको सामना गरेका एन्टोले २० रन जोडे ।

पाँच ओभरको खेल सकिदा कुवेतएक विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ ।

images
images

शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको थियो । शनिबार टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदै पानी परेपछि खेल अवरुद्ध भएको थियो । त्यसपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए । पाँच अङ्कका साथ नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । कुवेतले भने शनिबार बिहान भएको खेलमा कतारलाई ६ विकेटले हराउँदै ४ अङ्कसहित फाइनलमा पुगेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्