Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु क्यापिटलको नयाँ वर्षको डिजिटल क्यालेन्डर सार्वजनिक

प्रभु क्यापिटलको नयाँ वर्षको डिजिटल क्यालेन्डर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडाैं । प्रभु क्यापिटलले नेपाली नयाँ वर्ष २०८२ को लागि तयार गरेको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । प्रभु क्यापिटलले क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत मितिहरू, सार्वजनिक बिदाहरू, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीहरुले मनाईने विविध चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीरका साथै क्यापिटलले आफ्नो सेवा सुविधाहरू क्यालेन्डरमा समेटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

क्यालेन्डरमा क्यापिटलले दिने सेवा बारे ग्राहकहरूलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ ।उक्त क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुबिधा दिई उपलब्ध गराएको छ भने डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको छ ।

कुनै पनि कम्पनीका प्रथमत् कर्मचारी नै ब्रान्ड एम्बेस्डर हो भन्ने मान्यता लिई क्यापिटलले आफ्ना कर्मचारी मार्फत नै आफ्ना सेवा तथा वित्तीय लगानीका प्रडक्ट तथा योजनाहरु क्यालेन्डरमा प्रस्तुत गरेको छ । यसका साथै क्यापिटलले हाम्रो नेपाली सभ्यतामा चाँडपर्वहरुमा उपहार तथा कोसेली दिने परम्परालाई भावी सोचले नयाँपन दिदै, आफ्ना प्रियजन तथा मान्यजनलाई उपहार स्वरुप भविष्यमा लगानी वृद्धि हुदै जाने खालका वित्तीय साधनहरु दिएमा वित्तीय समृद्धि तथा भविष्यमा उनीहरुले वित्तीयसुरक्षा समेत पाउन सक्छन् भन्ने वित्तीय साक्षरताको सन्देश पनि दिएको छ ।

मर्चेन्ट सम्बन्धी विभिन्न सेवा, सुविधा तथा योजनाहरूमा २ लाख ६० हजार बढी ग्राहक भएको प्रभु क्यापिटलले आफ्नो कमलादी स्थित कर्पोरेट कार्यालय तथा प्रभु बैंकको सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्ने सुबिधा दिएको छ भने ग्राहकले अनलाईन मार्फत समेत डिम्याट तथा पिएमएसको सेवा लिनसक्ने छन् । साथै क्यापिटलले हालमा लगानीका नयाँ प्रोडक्ट हरु एसआईएप, तथा एसआईपी थपेको छ भने सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसंग सम्बन्धित तालिम, वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit