Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पुँजी बजारको एक वर्ष : सन्तोषकजनक लगानीकर्ता, ६२५ अंकको सुधार

पुँजी बजारको एक वर्ष : सन्तोषकजनक लगानीकर्ता, ६२५ अंकको सुधार
विज्ञापन
Advertisement

 काठमाडाैं । २०८१ साल आजबाट सकिएसँगै शेयर बजारले पनि यो वर्षको कारोबारलाई बिट मारेको छ । यो सालको अन्तिम कारोबार दिन नेप्से सूचक ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा आइपुगेको छ । त्यस्तै ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भयो भने ८८ वटा कम्पनी बढेको छन् । घटेको बजारमा वेन नेपाल लघुवित्त, बलेफी हाइड्रो पावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वर्षको सुरुवातमा निराशाजनक रहेको परिसूचक वर्षको अन्त्यसँगै सुधारात्मक भएर लगानीकर्ताहरुलाई सन्तोषजनक बनाएको छ । यो एकवर्षमा नेप्से परिसूचक ६२५.४ अंकले बढेको छ । २०८०चैतको अन्तिम कारोबार २८ गते बुधबार भएको थियो । त्यो दिन बजार अन्तिम कारोबार दिन १०. ७१ प्रतिशतले घटेको थियो । भोलिपल्ट २९ इदको विदा र शुक्रबार शनिबार बजार बन्द हुँदा २०८०को त्यो नै अन्तिम कारोबार थियो । यो वर्ष २३० दिन कारोबार भएको छ । अघिल्लो वर्ष बजार बन्द हुँदा नेप्से परिसूचक २ हजार २५ दशमलव ३० विन्दुमा बन्द भएको थियो । यो वर्षको अन्तिम कारोबारसमम आइपुग्दा नेप्से परिसूचक २ हजार ६६२.०८ विन्दुमा आइपुगेको छ ।

यो वर्ष शेयर लगानीकर्ताहरुका लागि पुँजी बजार सन्तोषक जनक रहेको लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता तथा पूर्व इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले यो वर्ष केही आशा र निराशाका बीच बजार सन्तोषकजनक नै मान्नु पर्ने बताए । उनले भने,‘ नराम्रो भनेर निराशा हुने अबस्था पनि रहेन, राम्रो भनेर उत्कृष्ट भन्ने अबस्था पनि रहेन, आगामी दिनमा केही नीतिगत सम्बोधन गरेर पुँजी बजारलाई सुधारको बाटोमा लैजानुपर्छ।’ अर्का लगानीकर्ता देव गुरागाई यो वर्ष शेयर लगानीकर्ताहरुका लागि सन्तोषजनक अबस्थामै रहेको बताए । उनले भने,‘ यो वर्ष धेरै आत्तिने र मात्तिने बजार रहने , बजार भनेको एकैपटक जाने होइन, अहिलेको पुँजी बजार ब्यालेन्समा छ जस्तो लाग्छ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit