Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

नेप्से परिसूचक २.४१ अंकले बढ्यो, ११ अर्ब ८७ करोडको कारोबार

नेप्से परिसूचक २.४१ अंकले बढ्यो, ११ अर्ब ८७ करोडको कारोबार
विज्ञापन
Advertisement

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.४१ अंकले बढेको छ । आज शून्य दशमलव शून्य ८ प्रतिशतले बढेर २७३० विन्दुमा कारोबार बन्द भएको छ । सोमबार कुल ९७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३७ कम्पनीको मूल्य घट्यो । आज ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज कारोबार खुलेको एक घण्टामै तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएकाे थियो । यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएकामा १८३ कम्पनीको सेयर मूल्य बढेको थियो ।

साेमबार कुल १ लाख ११ हजार ९१८ पटकको सेयर किनबेचबाट ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । आज २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये ७ वटा उपसमूहको मूल्य बढेको छ भने ६ वटा उपसमूहको घटेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit