काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित टाइम फर्मास्युटिकल्सले बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न २०८२ बैशाख ११ गते उद्योग परिसर गैडाकोटमा दिउसो साढे १२ बजे साधारण सभा बोलाएको छ ।
सभाले बुकबिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको टाइम फर्मास्युटिकल्स दोस्रो औषधि उद्योग हो । यसअघि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गरिसकेको छ ।
फर्मास्युटिकल्सको चुक्ता पुँजी बढाएर ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुने भएको छ । अहिले टाइमको पुँजी ४२ करोड ९१ लाख रुपैयाँ छ ।
उद्योगले जारी पुँजीको २०.६५ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । ७९.४ प्रतिशत संस्थापक वर्गलाई वितरण गर्ने जानकारी फर्मास्युटिकल्सले दिएको छ ।यस्तै, १ जना महिला संचालक सहित संस्थापक समूहबाट ५, सर्वसाधारण समूहबाट १ र स्वतन्त्र सञ्चालक १ जना गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने र सोही बमोजिम नियमावली संसोधन गर्नेछ । सेयर आईपीओको मूल्य कति प्रस्ताव गर्ने भन्ने उद्योगले खुलाएको छैन । बुकबिल्डिङ र प्रिमियम मूल्यमा सेयर निष्कासन अुनमति विवादित बनेपछि अहिले रोकिएको छ ।
नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति नदिन संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएपछि अहिले रोकिएको छ । यद्यपि, बोर्डले धितोपत्र निष्कासन नियमावली परिमार्जन गरेर बुकबिल्डिङ र प्रिमियम मूल्यमा सेयर निष्कासन खुलाउने तयारी गरेको छ । प्रस्तावित आईपीओ योजनाहरूले कम्पनीलाई पूँजी कोष बढाउन, ऋण निर्भरता घटाउन र भविष्यको कोषको लागि पुँजी बजारमा पहुँच प्रदान गर्न मद्दत गर्ने सम्भावना रहेको कम्पनीले जनाएको छ ।
सन् १९९४ मा स्थापना भएको टाइमले १९९७ देखि औषधि उत्पादन थालेको हो । उद्योगमा सबैभन्दा बढी स्वामित्व अल्फा क्यापिटल लिमिटेडको १३ प्रतिशत रहेको छ । यस्तै राजु कर्मचार्यको ९ प्रतिशत, झनकान्त भट्टको ९ र ८ प्रतिशत स्वामित्व नारायणबहादुर क्षेत्रीको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्