धुलिखेल ।धुलिखेलस्थित प्रतिष्ठित लक्जरी होटेल होटेल सारथी प्रा.लि ले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण शेयर (ipo) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल सँग बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता गरेको हो।
धुलिखेलमा आयोजित एक समारोहमा होटेल सारथीका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। आईपीओ जारीपश्चात् कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ। आर्थिक वर्ष २०८२-८३ भित्र कम्पनीलाई पुँजी बजारमा सूचीकृत गराउने तयारी गरिएको छ।
२०७२ सालमा स्थापना भएर २०७६ सालको चैतदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको होटल सारथी धुलिखेलको प्रमुख पर्यटकीय आकर्षण हो। होटेलमा ८० वटा कोठा, रुफटप स्वीमिङ पुल, ४ वटा सभा हल, र लाङटाङ तथा गौरीशंकर हिमश्रृंखलाको दृश्यावलोकन सुविधा रहेका छन्।
छोटो समयमै होलिडे, कर्पोरेट, माइस, र डेस्टिनेशन वेडिङ क्षेत्रका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित यो होटेलको आईपीओले होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने आम लगानीकर्ताका लागि नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्