Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर निष्कासन प्रक्रियामा मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ क्यापिटलसँग परामर्श सेवा सम्झौता

शेयर निष्कासन प्रक्रियामा मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ क्यापिटलसँग परामर्श सेवा सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ फुड बैंक लिमिटेड ले सर्वसाधारणका लागि शेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारी थालेको छ। यसै सन्दर्भमा कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेड सँग संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता पत्रमा मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका हुन्।

मुक्तिनाथ क्यापिटलले कम्पनीको स्थापना कालदेखि लिएर प्राथमिक शेयर (IPO)निष्कासनसम्मका सबै प्रक्रिया समेट्ने संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ। यस सम्झौताको माध्यमबाट पूँजी संरचना परिवर्तन, हकप्रद शेयर निष्कासन, पूँजी संकलन जस्ता कार्यमा सहजीकरण गरिने बताइएको छ।

कम्पनीले २०८२ सालको बैशाख १७ गते आयोजना हुने विशेष साधारण सभामार्फत हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्दै आर्थिक वर्ष २०८१-८२ भित्र चुक्ता पूँजी ४० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ। साथै, आर्थिक वर्ष २०८२-८३ भित्र सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

२०७९ सालमा स्थापना भएको मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी हो। खाद्यान्न जस्तो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा गुणस्तरीय, नेपालमै उत्पादित र सुलभ मूल्यका खाद्य वस्तुहरू उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले कम्पनी क्रियाशील छ।

कम्पनीले उपभोक्ता हक हित संरक्षणका साथै कृषकहरूको उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्नका लागि खाद्य वस्तुको उत्पादन, संकलन, प्रशोधन र बजारीकरण कार्यलाई वृहत रूपमा विस्तार गर्दै लैजाने स्पष्ट योजना बनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit