images
images
images

शिक्षामन्त्रीमा पन्त नियुक्त

images
images
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन् ।

यसअघिका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएपछि पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।

images

नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् । उनी हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा छन् । उनको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्