Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन् ।

विज्ञापन
Advertisement
Advertisement

थाइल्याण्डको बैङ्ककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले सरकार परिवर्तनको सम्भावनै नभएको प्रतिक्रिया दिइन । उनले भनिन् , “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला हुनसक्छ ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैङ्कक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा मन्त्री राणाले देउवा कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको स्पष्ट गरिन ।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको उल्लेख गर्दै मन्त्री राणाले बिहीबार नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको उल्लेख गरिन् । परराष्ट्रमन्त्री राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किएकी हुन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit