Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

युनाइटेड अजोड इन्स्योरेन्सले ४.८२५५ प्रतिशत बोनस शेयर वितरण गर्ने, कम्पनीको चुक्ता पुँजी कति ?

युनाइटेड अजोड इन्स्योरेन्सले ४.८२५५ प्रतिशत बोनस शेयर वितरण गर्ने, कम्पनीको चुक्ता पुँजी कति ?
विज्ञापन
Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको कम्पनीले जनाएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.८२५५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै ०.२२५६ प्रतिशतका दरले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि भई करिब २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २०८२ साल जेठ मसान्तसम्म प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा र बीमा काउन्टरमार्फत देशभर बीमा सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले १०८ वटा शाखा, उपशाखा तथा बीमा काउन्टरमार्फत सेवा विस्तार गरेको जनाएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि शेयरधनीहरूलाई अपेक्षित प्रतिफल प्रदान गर्दै कम्पनीका व्यावसायिक लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारी तथा व्यवस्थापन टोली प्रतिबद्ध रहने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit