Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरा विमानस्थल १० अर्ब भ्रष्टाचार : ‘नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा कारबाही गर्ने हिम्मत छ सरकार?

पोखरा विमानस्थल १० अर्ब भ्रष्टाचार : ‘नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा कारबाही गर्ने हिम्मत छ सरकार?
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको विमानस्थल निर्माण सम्पन्न भएर पनि अझैसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गरे ।

उनले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत सरकारसँग छ कि छैन भनेर प्रश्न गरे । सांसद पराजुलीले भने ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।’ उनले भने, ‘त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग त बन्न सकेन तर धावन मार्गभन्दा कैयौं गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ’, उनले भने ।

सांसद पराजुलीले नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताए । ‘यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना स्वार्थ होलान् यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा त उजागर गरेको सत्य हो नि? प्रधानमन्त्रीज्यू ।’ अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’ पराजुलीको प्रश्न गरे।

यस्तै उनले यो विषयमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए । ‘उच्चस्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबैलाई कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारु गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ नि प्रधानमन्त्रीज्यू ?’

यसअघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियादेखि निर्माण सकिँदासम्म १० अर्ब बढी रुपैयाँ भ्रष्टाचार भएको भन्दै संसद्को उपसमितिले संलग्न व्यक्तिहरूलाई छानबिन गरी कारबाही गर्न सिफारिस गरी ३८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit